बाँके जिल्लाबाट आज थप २३ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ मंसिर १०, बुधबार ०८:५०

बाँके । जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका २३ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ७ जना महिला र १६ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार पाँच सय ८१ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार सात सय ७३ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय आठ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.९१ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६३ प्रतिशत रहेको छ ।

Next Post

मध्यराती स्थानीयले चोरलाई समाते

२०७७ मंसिर १०, बुधबार ०८:५०
संवाददाता, नेपालगंज । घरमा चोरी गरेको आरोपमा नेपालगंज १७ का १९ बर्षिय गोपीराज पासी विरुद्ध चोरी कसुर सम्बन्धी मुद्धा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार मध्यराती नेपालगंज १० शोफिया टोलमा चोरी गर्दै गर्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । ती युवाले धारा मोटर, कपडा, साइकल चोरेर […]

सम्बन्धित शीर्षक