बाँके कोहलपुरमा ३२औँ प्रेस स्वतन्त्रता दिवस दीप प्रज्वलन गरी मनाइयो

  ।   २०८२ बैशाख २०, शनिबार २१:३३

सविता चन्द
प्रेस सेन्टर नेपाल बाँके शाखाले दीप प्रज्वलन गरी ३२औ प्रेस स्वतन्त्रता दिवस मनाएको छ । सनिवार साझ कोहलपुरको न्युरोड चोकमा सेन्टर बाँकेले ३२औँ दीप प्रज्वलन कार्यक्रम गरेको हो । 

प्रेसलाई दमन गरेका घटनालाई स्मरण गराउदै नेकपा माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले प्रेस स्वतन्त्रता विना मानिस स्वतन्त्र भएको नमानिने बताउनु भयो । ´स्वतन्त्र भएर बोल्न, लेख्न र आफ्ना विचार राख्न पाउनुपर्छ` संयोजक जेम्सले आफ्ना विचार राख्नु भयो । प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बहादुर बोहराले प्रेस स्वतन्त्रता विना लोकतान्त्रिक मुलकको कल्पना गर्न नसकिने बताउनु भयो । आजको २१औँ शताब्दीमा पनि बाँके जिल्ला भित्रै विभिन्न व्यक्तिद्वारा पत्रकारलाई धम्की दिने गरेको स्मरण गराउनु भयो । अध्यक्ष बोहराले भन्नुभयो, ´ पत्रकारले निर्बाध रुपमा लेख्न, बोल्न, र बिचार राख्न पाउनु पर्छ ।   

दीप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य प्रदिप वाग्ले, केन्द्रिय सदस्य गजेन्द्र गुरुङ, निवर्तमान जिल्ला इन्चार्ज डा.डक्टप्रसाद धिताल, नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका अध्यक्ष अविरल बहादुर खड्का , नेपाल पत्रकार महासंघ बाँकेका सचीव कृष्ण वली लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Next Post

बाँके युनेस्को र प्लान नेपालद्धारा बर्दिया जिल्लामा बाल विवाह मुक्त अभियान सञ्चालन

२०८२ बैशाख २०, शनिबार २१:३३
प्रमिला चौधरी नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर […]