बाँके युनेस्को र प्लान नेपालद्धारा बर्दिया जिल्लामा बाल विवाह मुक्त अभियान सञ्चालन

  ।   २०८२ बैशाख २१, आईतवार १४:१२

प्रमिला चौधरी

नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर आठका वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताउनुभयो ।

बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिने प्रावधान अनुरूप वडा नम्बर आठमा गरिएको सर्वेक्षणमा १४ प्रतिशत मात्र बालविवाह भेटिएकोले सो वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

साथै, बाल संरक्षण नीति कार्यान्वयन, बाल अधिकार संरक्षण समिति गठन, विद्यालय र वडास्तरमा अभियान सञ्चालनलगायतका मापदण्ड पूरा भएकाले सो घोषणा सम्भव भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैरसरकारी संस्थाहरू विगत तीन वर्षदेखि बाल विवाहमुक्त अभियानमा सक्रिय रहेका छन् । यसअघि मधुवनको वडा नम्बर चार, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका केही वडाहरू बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

आगामी योजना अनुसार मधुवन वडा नम्बर तीन तथा बढैयाताल वडा नम्बर नौ लाई पनि बालविवाह मुक्त बनाउने तयारी भइरहेको बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो । वडा बाल विवाहमुक्त घोषणा कार्यक्रममा मधुवनका नगरप्रमुख तेज बहादुर भाट, उपप्रमुख अनिता चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रा चुनारा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारी, सामुदायिक वन समूह, किशोरी समूह, युवा क्लबलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न नाटक, कविता, सांस्कृतिक प्रस्तुति तथा भजन कीर्तन मार्फत ‘विवाह २० पारी’ भन्ने सन्देश फैलाईएको थियो ।

Next Post

बर्दियाका दुई पालिकाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

२०८२ बैशाख २१, आईतवार १४:१२
नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा […]

सम्बन्धित शीर्षक