मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

  ।   २०७७ मंसिर १८, बिहीबार ०६:२०

काठमाडौं | नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, नायिका श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको अनलाइनखबरसँग पुष्टी गरिन् ।

नायिका स्वेता खड्काले छोटो प्रतिक्रिया दिदै भनिन्– ‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्ने इन्टरपोलको चेतावनी

२०७७ मंसिर १८, बिहीबार ०६:२०
एजेन्सी । अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोलले० अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ । प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ हुनसक्ने भन्दै चेतावनी दिएको हो । फ्रान्सस्थित इन्टरपोलको मुख्यालयले आफ्नो संगठनमा आवद्ध विश्वका १ सय ९४ राष्ट्रहरुलाई यो विषयमा सतर्क […]