नेपालगन्जका पुराना पत्रकार खान प्रेस सेन्टरको केन्द्रिय सचिवमा चयन

  ।   २०७९ श्रावण १४, शनिबार २२:३६

नेपालगन्जका पुराना पत्रकार सिराज खान प्रेस सेन्टर नेपालको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको छ । शनिबार राजधानी काठमाडौंमा भएको सेन्टरको अधिवेशनले विष्णु सापकोटा (जुगल) को अध्यक्षतामा ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो । त्यस्तै, बर्दियाबाट रासस समाचारदाता मेनका चौधरी महिला तर्फ केन्द्रीय सचिव र नेपालगन्जकै अर्का पत्रकार सुशील शर्मा लामिछाने निति तथा परामर्श समितिकाे सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपालगन्जबाट लामो समयदेखि गोरखापत्रका संवाददाता रहेका पत्रकार खान नेपाल पत्रकार महासंघ बाँकेका पूर्व उपसभापति समेत हुनुभएको थियो । सापकोटाको अध्यक्षतामा रहेको सेन्टरको नयाँ कार्यसमितिले कमल गिरी वरिष्ठ उपाध्यक्ष, सन्तोष पौडेल महासचिव र डिल्ली मल्ल कोषाध्यक्षमा चयन गरेको छ ।

१ सय ९९ सदस्यीय केन्द्रीय समितिमा २० जना उपाध्यक्ष, १० जना उपमहासचिव र २७ जना सचिव छन् । महिला पत्रकारलाई पाँच कोटामा सीमित राखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरिएको छ ।

Next Post

युनेस्को क्लबद्वारा बाँकेका विपन्न परिवारलाई बाख्रा वितरण

२०७९ श्रावण १४, शनिबार २२:३६
नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो । एक समारोहका […]

सम्बन्धित समाचार