बाँकेमा आज थप ६० जनामा केरोना पुष्टि, ५९४ जना संक्रिय संक्रमित

  ।   २०७७ कार्तिक ६, बिहीबार १९:३७

बाँके । नोबेल कोरोना भाइरस (काभिड– १९) बिहीबार बाँकेका ६० जनामा पुष्टि भएको छ ।

बिहीबार भेरी अस्पताल पीसीआर ल्याबबाट ३९, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर पीसीआर ल्याबबाट १९ जना, बागेश्वरी पीसीआर ल्याबबाट २ जना गरि ६० जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार बिहीबार कोरोना पुष्टि भएका २४ जना महिला र ३६ जना पुरुष रहेका छन् । योसँगै बाँके जिल्लामा जम्मा कोरोना संक्रमित संख्या दुई हजार ९०१ जना पुगेको छ ।

यस्तै आज ५१ जना निको भइ डिस्चार्ज भएसँगै कोरोना जित्दै निको भएर घर फर्किनेको संख्या दुई हजार २७८ जना पुगेको छ । हालसम्म जिल्ला भित्रका २९ र जिल्ला बाहिरका यस जिल्लामा १६ जना गरि ४५ जनाको मृत्यु भएको छ ।

डीसीसीएमसीका अनुसार ५९४ जना संक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा विरामी निको हुने दर ७८.५२ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.४८ प्रतिशत रहेको छ ।

Next Post

आजदेखि पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

२०७७ कार्तिक ६, बिहीबार १९:३७
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ । दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन […]