नरैनापुरमा प्रमुख प्रशासकिय अधिकृत खराललाई स्वागत

  ।   २०७९ भाद्र २८, मंगलवार १६:४७


बाँके ।  नरैनापुर गाउपालिकाले प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई स्वागत गरेको छ । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गर्नुभएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेपछि खराल नरैनापुर पुगेर आफ्नो पदिय दाइत्व निभाउन लाग्नु भएको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आउनु भएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी पुनः सम्भाल्नु भएको छ ।
<span;>पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनु भयो । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र गाँउसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’

प्रमुख प्रशासकीय अधिकृत खरालले भन्नुभयो, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । नरैनापुर सुख्खा क्षेत्र घोषणासँगै गाँउपालिकासँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
<span;>कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गरिसक्नु भएका खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै फेरी पनि सुख्खा ग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आउने मौका मिलेको भन्दै गाँउपालिका अध्यक्ष शाहले स्वागत गर्नु भएको थियो । उहाँले नरैनापुरको समग्र विकासका लागि काम गर्न निर्देशनात्मक सुझाव समेत दिनु भयो ।                 
गाउँपालिका कार्यालय नरैनापुरमा अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तव, जनप्रतिनिधी, निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएका लेखा अधिकृत भरत बस्नेत, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, जिन्सी शाखा प्रमुख एंव वडा नं. ५ का सचिव भरत महतो, नरैनापुरको विपत शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रा, लेखापाल प्रकाश अधिकारी लगायत कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गर्नुभएको थियो ।

Next Post

जिल्लाका ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्यायौं: मन्त्री अथक

२०७९ भाद्र २८, मंगलवार १६:४७
नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नेपालगन्ज १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गर्नु भएकोछ । मंगलबार गृहजिल्लाबाट काठमाण्डौं फर्किनुअघि मन्त्री अथकले विद्यालयमा निर्मित नयाँ भवनको उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गर्दै मन्त्री अथकले आफु बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने भएकाले […]