सरकारको उल्टो यात्राले माओवादीलाई फाईदा पुगिरहेको छ : प्रवक्ता सापकोटा

  ।   २०८१ माघ १५, मंगलवार ११:१६

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नी प्रसाद सापकोटाले इच्छुकहरुले जनयुद्धमा गरेको बलिदानबाट आएको व्यवस्थामा बसेर जनयुद्धलाई हिंसा देख्नेहरुको प्रतिवाद गरिने बताउनु भएको छ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको उपलक्षमा काठमाडौंमा भएको प्रभातफेरीपछिको कोणसभामा सापकोटाले ओली सरकारको उल्टो यात्राले माओवादीलाई फाईदा पुगिरहेकोसमेत बताउनु भो ।

माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले हजारौं जनयोद्धाहरुको त्याग तपस्या र बलिदानको अबमुल्यन गर्ने षड्यन्त्र धेरै दिन नटिक्ने ठोकुवा गर्नु भएको छ। आफूहरु केही समय जनताबाट टाढा रहँदा प्रतिगमनकारीहरु सलबलाउने मौका मिलेकोब ताउँदै सापकोटाले भन्नु भयो“हामीहरु केहि समय अल्मलिएका थियौं तर अहिले अध्यक्ष कमरेड प्रचण्डसहित सिंगो पार्टी जनतामा पुगिरहेको छ ।”

त्यसैगरी सो पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनयुद्धको समयमा जंगल र ओडारमा बसेर प्रतिक्रियावादी सत्ताका विरुद्ध कलम चलाउँदाको समय जत्तिकै अहिले पनि उत्तिकै महत्व रहेको बताउनु भएको छ । अध्यक्ष विष्णु सापकोट‘जुगल’ले प्रेस सेन्टरले पार्टी,संगठन र बिचारको रक्षाका निम्ति आफ्नो तर्फाबाट लडिरहेको र यसलाई थप विकास र सुदृढि बनाउँदै लग्नु पर्ने धारणा राख्नु भयो । विहान ८ बजे संगठनको केन्द्रीय कार्यालय बबरमहलबाट प्रभातफेरी सुरु गरेर माईतिघर मण्डलामा पुगेर पुनः संगठनको कार्यालय प्राणङ्गणमा आएर समापन भएको थियो ।

Next Post

प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसमा निशुल्क स्वास्थ्य शिविर

२०८१ माघ १५, मंगलवार ११:१६
सबिता चन्द नेपालगन्ज । प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा प्रेस सेन्टर नेपाल बाँकेले शुभकामना आदानप्रदान एवम् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेर मनाएको छ ।  नेपाल कम्युस्टि पार्टी (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य, बाँके जिल्ला इन्चार्ज एवम् संविधानसभाकी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले देशमा भएका परिवर्तनशील आन्दोलनमा पत्रकार जगतको […]

सम्बन्धित शीर्षक