नेपालगन्ज । बाँके जिल्लामा आज आइतबार १० जना कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै बाँके जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार जाना पुगेको स्वास्थ्य फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
फोकल पर्शन श्रेष्ठका अनुसार आजै आइतबार २४ जना संक्रमितहरुको डिस्चार्ज भएको छ भने आजसम्म जम्मा डिस्चार्ज हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । विभिन्न आसोलेसनमा २ सय ६७ जना उपचाररत छन् भने ६ जनाको मृत्युु भएको छ ।
फोकल पर्शन श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार बाँकेमा बिरामी निको हुने ७२.७० प्रतिशत, मृत्यु दर ०.६० प्रतिशत र रोग प्रकोप दर ०.२० प्रतिशत रहेको छ