कोहलपुर १५ मध्ये १३ वडा सम्मेलन सम्पन्न

पार्टी निर्माण अभियान सुरु भएको भन्दै नेताहरु छक्क

  ।   २०७८ मंसिर ४, शनिबार २१:४१

कोहलपुर /नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत १५ मध्ये १३ वडाका वडा सम्मेलन सकिएको छ । देशभर एकै दिन वडा सम्मेलन सक्ने केन्द्रको निती अनुसार माओवादी केन्द्रले शानिवार देश भर वडा सम्मेलन गरेको हो । जस अन्तर्गत कोहलपुर नगरपालिका वडा नं १ को अध्यक्षमा अम्मर चन्द उपाध्यक्ष महेन्द्र वहादुर परियार, सचिव जगत बहादुर आले , सह-सचिवमा खगेन्द्र वली र कोषाध्यक्षमा भिमा सुनार लगायत २५ सदस्यीय समिमी गठन गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं २ मा अम्वर बहादर बिकको अध्यक्षतामा २६ सदस्यीय वडा समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा भुपेन्द्र वली , सचिवमा उमेश बिक , कोषध्यक्षमा प्रमिला खत्रि र सह सचिवमा खेम राज बुढा क्षेत्री लगायत रहेका छन ।
कोहलपुर नगरपालिका वडा नं ३ को अध्यक्षमा प्रभा बुढा , उपाध्यक्षमा भुपेन्द्र पौडेल , सचिवमा कृष्ण चौलागाई , सह सचिवमा नारायण भुषाल र कोषाध्यक्षमा सर्प राज तिरवा लगायत २४ सदस्यीय समिती गठन गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं ४ को अध्यक्षमा नरेश आर्याल चएन भएका छन । त्यसैगरी उपाध्यक्ष्मा दुखु थारु , सचिवमा नैनुल अब्दुल जाँगा , सह सचिवमा प्रकाश पौडेल र कोषध्यक्षमा रुबिया हलुवाई चएन भएको माओवादी केन्द्रले जनाएको छ । कोहलपुर नगरपालिका वडा नं ५ को अध्यक्षमा भुपराज भण्डारी अध्यक्षमा समिती गठन गरिएको छ ।
कोहलपुर नगरपालिका वडा वडा नं ६ को अध्यक्षमा राम शरण चौधरी , उपाध्यक्षमा तिलक लामिछाने , सचिवमा राम प्रसाद थारु , सह सचिवमा उषा बिसी रिजाल र कोषध्यक्षमा एलिना थापा लगायत १९ सदस्यीय समिती गठन गरिएको छ । कोहलपुर नगरपालिका वडा ९ मा अध्यक्ष ओपेन्द्र नाथ योगी , उपाध्यक्ष  र्सजु प्रसाद थारु  सचिव नरेन्द्र हरिजन , सह सचिव नाकि शाई ,कोषध्यक्ष निरु सुनार लागत २८ सदस्य कमिटी गठन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  कोहलपुर नगरपालिका वडा नं १० को अध्यक्षमा भुपेन्द्र सुनार चएन भएका छन । शनिवार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्य समिती चएन गरेको छ । जसको उपाध्यक्ष पद्मा पौडेल , सचिवमा तेज बहादुर बस्नेतल , सह सचिवमा सन्दीप थारु र कोषाध्यक्षमा पबित्रा घर्ति मगर लगायत रहेका छन ।
कोहलपुर ११ को अध्यक्षमा रेशम लाल सापकोटा , उपाध्यक्षमा गणेश शाही , सचिवमा तिलक थापा लगायत २५ सदस्यीय समिती गठन गरिएको छ । समितीको कोषाध्यक्षमा राज जानकी केसी रहेकी छन ।
कोहलपुर नगर पालिका वडा नं १२ को अध्यक्षमा निरक शाही , उपाध्यक्ष दुर्गा तारम मगर  सचिवमा गंगा डाँगी सह सचिवमा धन सिह लोहार ,  कोषध्यक्ष मोहन बस्नेत लागतय १८ सदस्यीय समिती गठन गरिएको छ ।

कोहलपुर १३ को अध्यक्षमा मान बहादुर खड्का उपाध्यक्षमा कुल बहादुर घर्ति सचिवमा चन्द्र किरण गिरी सह सचिव धन बहादुर रोका , कोषाध्यक्ष खिम सरी घर्ती सहित २५ सदस्यीय समिती निर्माण गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं १४ मा बासु शर्मा अध्यक्ष ,उपाध्यक्ष महेन्द्र खत्रि , सचिव भबिश्वर राना , सह सचिव दिपक थापा क्षेत्री  कोषध्यक्ष लक्ष्मी कार्की कुवर लगायत २५ सदस्य समिती गठन गरिएको छ । नगर सम्मेलन उद्धघाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले माओवादी पार्टी पुर्नगठन गरि पहिलो र क्रान्तिकारी पार्टी निर्माण अभियान सुरु भएको कुरामा जोड दिएका थिए । उनिहरुले संगठन निर्माण अभियान संग आगामी निर्वाचन केन्द्रीत भएर जनतामा जान निर्देशन दिएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताए । न्यौपानेले  कोहलपुर क्षेत्रका भएको वडा सम्मेलनमा उत्साह पुर्ण सहभागिता रहेको बताए ।

वडा सम्मेलन संग ११ गते हुने नगर सम्मेलनका लागि नगर प्रतिनिधी समेत चएन गरेको माओवादीले जनाएको छ । माओवादी नगर सम्मेलनमा सम्मेलनमा पार्टी सदस्य संख्याका आधारमा झण्डै ३ सय प्रतिनिधी सहभागि हुने छन ।

Next Post

नेकपा माओवादी केन्द्र बाँकेका ८ स्थानीय तहका ७० वाडामा वडा समिति चयन

२०७८ मंसिर ४, शनिबार २१:४१
बाँके । लुम्बिनी प्रदेश बाँके जिल्लाका ८ वटा पालिकाका ८१ वडा मध्ये ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छन भने, ११ वटा वडामा स्थगित भएको छ । सनिवार भएको वडा सम्मेलन खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा ९, कोहलपुर नगरपालिकामा १५ र नेपालगन्ज […]