नेकपा माओवादी केन्द्र बाँकेका ८ स्थानीय तहका ७० वाडामा वडा समिति चयन

  ।   २०७८ मंसिर ४, शनिबार २२:५५

बाँके । लुम्बिनी प्रदेश बाँके जिल्लाका ८ वटा पालिकाका ८१ वडा मध्ये ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छन भने, ११ वटा वडामा स्थगित भएको छ ।

सनिवार भएको वडा सम्मेलन खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा ९, कोहलपुर नगरपालिकामा १५ र नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा रहेका छन ।
जसमध्ये, खजुरा गाउँपालिकाको ८ वटै वडा, जानकीको ६ वटै वडा, बैजनाथको  ७ वटा वडा, डुडुवाको ३ वटा, नरैनापुरको ६ वटै वडा, राप्तिसोनारीको ७ वटा, कोहलपुरको १३ वटा वडा र नेपालगन्जको २० वटा वडा गरी कुल ७० वटा वडामा सनिवार अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिनुभयो ।
अध्यक्ष खरेलका अनुसार, बैजनाथको एउटा, डुडुवाको तीनवटा, कोहलपुरको दुईवटा, राप्तिसोनारीको दुईवटा र नेपालगन्जको तीनवटा गरी ११ वटा वडाका अधिवेशन आज प्राबिधिक कारणले गर्दा स्थगित भएका छन । स्थगित भएका वडामा मंसिर ६ गतेसम्म अधिवेशन सम्पन्न गरिने उहाँले जानकारी दिनु भयो ।

Next Post

पत्रकार राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि बनेपछि महासंघको ध्यानाकर्षण

२०७८ मंसिर ४, शनिबार २२:५५
संवाददाता, नेपालगंज । पत्रकारहरु राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको […]