बाँकेमा १७ पुरुष र १७ महिला डिस्चार्ज हुँदै

  ।   २०७७ आश्विन १४, बुधबार ०८:२९

नेपालगन्ज । आज ३४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किदै छन् । बाँकेका विभिन्न आइसोलेसन बाट आज बुधबार १७ जना महिला र १७ जना पुरुष डिस्चार्ज हुन लागेको फोकल पर्शन नरेश बाबु श्रेष्ठले बताउनु भयो ।

बाँकेमा १ हजार ८ सय ८७ जना संक्रमित पुगेका छन् भने १ हजा ५ सय ४१ जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसनमा ३ सय ४० जना संक्रमित उपचाररत छन् भने अहिले सम्म १५ जना संक्रमितको मृत्युु भैसकेको छ ।

Next Post

जनता समाजबादी ट्रेड युनियनको विचार विमर्श कार्यक्रम सम्पन्न

२०७७ आश्विन १४, बुधबार ०८:२९
नेपालगन्ज । राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका विषयक विचार विमर्श कार्यक्रम काठमाडौं स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । आज बुधबार भएको सो कार्यक्रम समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय युवा विभागद्वारा आयोजना गरिएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रदेश अध्यक्ष सोनम सिं स्याङतान (विजय) […]