आज बाढी, पहिरो र डुबानको जोखिम, सचेत रहन आग्रह

  ।   २०७७ श्रावण ३१, शनिबार ११:१२

नेपालगन्ज । पानी परिरहेकाले आज बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ ।

भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ९ बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।

यस्तै बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । यसैगरी गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायत धेरै ठाउँमा तथा लमजुङको बेँसीशहर, खुदीबजार लगायत केही ठाउँमा ठूलो पानी परेकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै महाशाखाले बाढी र पहिरोको जोखिम रहेको जनाएको छ । उज्यालो अनलाइन

Next Post

देवर द्वारा भाउजु बलात्कृत भएको आरोप

२०७७ श्रावण ३१, शनिबार ११:१२
सल्यान/ भाउजुले आफुलाइ देवरले बलात्कार गरेको आरो लगाउदै प्रहरीको शरण माग्नु भएको छ । ३८ वर्षीय एक गाउले देवर नाता पर्ने एक पुरुषले सारदा नगरपालिका-८, सिमखर्ककी भाउजु पर्ने एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि पीडित महिलाको जाहेरीको सुनुवाइ गर्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पीडित महिलाले […]

सम्बन्धित शीर्षक