देवर द्वारा भाउजु बलात्कृत भएको आरोप

  ।   २०७७ श्रावण ३१, शनिबार ११:५२

सल्यान/ भाउजुले आफुलाइ देवरले बलात्कार गरेको आरो लगाउदै प्रहरीको शरण माग्नु भएको छ । ३८ वर्षीय एक गाउले देवर नाता पर्ने एक पुरुषले सारदा नगरपालिका-८, सिमखर्ककी भाउजु पर्ने एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि पीडित महिलाको जाहेरीको सुनुवाइ गर्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पीडित महिलाले आफूलाई देवर पर्ने ती पुरुषले झारफुकको बाहानाबनाएर घरमै राति ११ बजेतिर ती व्यक्तिले बलात्कार गरेको महिलाको आरोप छ ।

प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार पुरुषलाई पक्राउगरी ३० गते सल्यान जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रियामा लगिएको जानकारी दिनुभएको छ ।

Next Post

नेपालमा शनिवार थपिए ४६८ कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

२०७७ श्रावण ३१, शनिबार ११:५२
संवाददाता, नेपालगन्ज ३१ साउन २०७७ । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ४६८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ । यो वृद्धिसँगै कोभिड- १९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ । मन्त्रालयका […]