पत्रकारको क्षमता विकास गर्न सक्रिय बन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति

  ।   २०७९ असार ७, मंगलवार १६:५८

संवाददाता, बर्दिया

फोटो र भिडियोमा दक्ष बनाउने उद्देश्यका साथ लुम्बिनी प्रदेशका ५० जना पत्रकारलाई क्षमताको विकासको तालिम दिईएको छ ।

प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सहभागीहरु छनोट गरी ४ दिने फोटो तथा भिडियो पत्रकारिता तालिम दिईएको हो ।

तालिमको प्रशिक्षक विकास कार्की र मनोज पौडेल रहनुभएको थियो । सोमबार बर्दियाको ठाकुरद्धारामा तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीले सहभागी पत्रकारलाई धन्यबाद सहित प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो ।

फोटो तथा भिडियो पत्रकारिता तालिम संञ्चालनका लागी लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा संञ्चार मन्त्रालय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र संम्बन्धित जिल्ला शाखाहरुले समन्वय, सहकार्य गरेका हुन ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष यमनाथ घिमिरेका अनुसार अब फिचर लेखन सम्बन्धिको अर्को तालिम यही असार १० देखी १३ गते सम्म दाङ्गको भालुबाङ्गमा हुदैछ ।

यो बर्ष विकास पत्रकारिता, फोटो तथा भिडियो, फिचर लेखन, अनलाइन गरी प्रदेशका ३ सय जना पत्रकारलाई क्षमता विकासको तालिम प्रदान गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

नेपाल_पत्रकार_महासंघ_लुम्बिनी_प्रदेश_समिति

Next Post

बाढी पीडित बस्तीमा अब पक्की घर

२०७९ असार ७, मंगलवार १६:५८
प्रेम विश्वकर्मा, बर्दिया । बाढी पीडितका लागी निर्माण गरिएका घरहरुको शुक्रबार जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुले अनुगमन, निरीक्षण गरेका छन । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित रामपुर टापु तथा कैलाशनगरका ४२ घरधुरीका लागी निर्माण गरिएका घरहरुको संयुक्त रुपमा अनुगमन, निरीक्षण गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समिति बर्दियाका संयोजक […]