एफ जि टी चर्च नेपालको १५औं वार्षिकोत्सब सम्पन्न

  ।   २०८० चैत्र २४, शनिबार २१:२०

 

नेपालगन्ज । एफ जि टी चर्च नेपालले आफ्नो १५औं वार्षिकोत्सब कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को आफ्नै चर्च भवनमा विभिन्न कार्यक्रम गर्दै सो उत्सव मनाएको हो ।

वार्षिकोत्सब कार्यक्रममा प्रभु येशूको प्रार्थना र आराधना भाएको थियो । विभिन्न नृत्य देखाउदै जवानहरूले उपस्थित पाहुनाहरुलाई खुशी तुल्याएका थिए । कार्यक्रममा एफ जि टी चर्च नेपालका पास्टर युवराज प्रधानाङ्ग, राजु मल्ल , प्रताप चदराले सेवा गर्दाका अनुभव सुनाउनु भएको थियो भने नेपालगन्ज इसाई समाजका अध्यक्ष रमेश राज रीग्मी, बाँके इसाई समाजका अध्यक्ष धनबहादुर पाण्डेले १५औं वार्षिकोत्सबको शुभकामना दिनुभएको थियो ।

शुभकामना दिदै गोस्पल एसेम्बली चर्च नेपालका प्रमुख एपोस्टल केबि बसेलले उत्साहका शब्द बोल्दै पवित्र बाइबल पहिलो कोरिन्थी १५: ५८ बाट प्रभुको दर्शन पकडेर यसरी बढ्नु भएकोमा स्याबास भन्नु भयो । आफ्नो जीवनमा प्राप्त गरेको दर्शन सुनाउदै अपोस्टल बसेलले एफ जि टी चर्च नेपालको सेवा बड्दै जनसकोस भन्नु भयो । अन्तमा सोही चर्चका मुख्य पास्टर रमेश भण्डारीले आफ्नो अनुभव सुनाउनु भयो । सेवकाइमा साथ दिने हरेकलाई धन्यवाद दिनुभयो । आफ्नो श्रीमती र छोराहरूलाई अगाडि बोलाएर यहाँ सम्म ल्याउने उहाहरु हो भन्दै धन्यवाद दिनु भयो । आफुलाई साथ र समर्थन गर्ने अपोस्टल केबी बसेललाई समेत धन्यवाद दिन छुटाउनु भएन ।

कार्यक्रममा स्वागत मन्तव्य सो चर्चका अर्का पास्टर राम बहादुर थापाले गर्नु भाएको थियो भने कार्यक्रम संचालन लेखा प्रमुख अगुवा मानसिंह थापाले गर्नुभएको थियो ।

Next Post

‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ’

२०८० चैत्र २४, शनिबार २१:२०
काठमाडौ । प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताउनुभएको छ । “मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो […]