सिमा नाकामा स्थायी हेल्थ डेस्क स्थापना गरिने

  ।   २०७७ मंसिर ३०, मंगलवार १६:२१

संवाददाता, नेपालगंज ।
बाँकेको नेपालगञ्जस्थित जमुनाह सिमा नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । ५० लाख रुपैंयाको लागतमा सिमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ ।

कोभिड–१९ लगायत अन्य संक्रामक रोगको नियन्त्रणका लागि नाकामा चिकित्सक सहित स्वास्थ्यकर्मी परिचालन गर्दै छ । हेल्थडेस्कमा प्रयोगशाला समेत रहने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले हेल्थडेस्क निर्माण गरिने स्थानको सोमबार स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।

स्वास्थ्य शाखा प्रमुख चन्दले स्थायी संरचना तयार नहुेञ्जलसम्मका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाको सुविधा सम्पन्न अस्थायी संरचना तथा अन्य प्राविधिक सहयोगमा हेल्थ डेस्कको काम सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक अधिकृत सावित्री भट्टले उपमहानगरपालिकासँग समनवय गरी काम गर्न लागिएको बताउनुभयो ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले सोमबार नै वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य क्लिनिक र निर्माणाधिन स्वास्थ्य केन्द्र भवनको स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ ।

जमुनाह सिमा नाका यसक्षेत्रकै बढी आउजाउ हुने ठाउँ हो ।

Next Post

सुरु भयो, हुस्सु : कुहिरोको सास्ती

२०७७ मंसिर ३०, मंगलवार १६:२१
संवाददाता, नेपालगन्ज  । ‘तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ’, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको २८ मंसिर बिहान ८ः४५ बजेको तराईको हुस्सु-शितलहर बुलेटिनमा भनिएको थियो, ‘पश्चिम तराईका धेरै स्थानहरुमा बिहानको समयमा बाक्लो हुस्सु÷कुहिरो लागेको भए पनि केही स्थानहरुमा अपरान्हसम्ममा सुधार हुनेछ ।’ यो अनुमान जस्तै […]