विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले बुझायो ज्ञापनपत्र

  ।   २०८० पुष २०, शुक्रबार २३:४७

सबिता चन्द

नेपालगन्ज । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल मार्फत प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) लाई बुझाएको हो ।

कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज समीर सी (शेखर) र बाँके जिल्ला सचिब कल्पना सी द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनतालाई नगरिकता, जग्गा किनबेच, नापनक्सा र परिचय जस्ता कामहरु पालिका स्तरबाटै गर्न माग गरिएको छ । आगामी बर्षदेखि यस्ता काम कार्वाही पालिका स्तरबाटै गर्नुपर्ने मग विप्लव नेतृत्व नेकपाको रहेको जिल्ला इन्चार्ज समीरले बताउनु भयो ।

लोकतन्त्र र संघीयता आएपनि जनताका समान्य कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य होस् भन्दै जिल्ला इन्चार्ज समीरले ज्ञापनपत्र बुझाउनु भएको बताइएको छ । जनताको रगत र पसिनाले ल्याएको संघीयता कार्यनयन हुन नसकेकोमा जिल्ला सचिब कल्प्पनाले दु:ख ब्यक्त गर्नुभएको छ ।

विप्लप नेतृत्वको ज्ञापनपत्रका बाँकि अंश यसप्रकार छन् ।               
१० बर्षको जनयुद्ध र जनआन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ संघीय प्रणाली स्थापना गरिएको छ । यसले एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभुत गर्न समिन्छ । तर अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन । जसले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज तरिकाले पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुबिधाहरु जस्तै नागरिकता, परिचयपत्र, जग्गा किनबेच, र नापनक्साका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । जुन समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामुलक बनिरहेको छ । यसबारे प्रधानमन्त्री ज्युको विशेषरुपले ध्यानाकर्षण गराउन चाहान्छौँ ।

अत: हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ कि जनतालाई नागरिकता, जग्गा किनबेच, नापनक्सा र परिचयपत्र जिल्ला प्रशासन मार्फत नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री पुस्पकमल दाहाल (प्रचण्ड) समक्ष पेश गर्दछौं । धन्यवाद ।

Next Post

योजना बनाउदा आवश्यकताका आधारामा बनाउनु पर्ने: मन्त्री नमुना

२०८० पुष २०, शुक्रबार २३:४७
बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उहाँले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताउनु भयो । ‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका […]