योगेश पाण्डे, नेपालगंज।
बाँकेको नेपालगंज उपमहानगरपालिकाले विद्यालय संञ्चालन लागी मापदण्ड तोकी आवाश्यक निर्देशन दिएको छ । कोभिड –१९ को अवस्थामा विद्यालय संञ्चालन तथा ब्यवस्थापन समितिको आज बसेको बैठकले ५ बँुदे निर्देशन दिएको हो ।
जसमा अब विद्यालयले वडा अध्यक्ष, विद्यालय ब्यवस्थापन समिति, अभिभावक, बालक्लव लगायतको भेला गरी स्वास्थ्य सुरक्षा मापदण्ड सहित विद्यालय संञ्चालनको प्रस्तावना तयार गरी यही मंसिर ११ गते सम्म उपमहानगरपालिकामा अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
उपमहानगरपालिकाबाट विद्यालय संञ्चालनको अनुमति प्राप्त भए विद्यालयमा सबै विद्यार्थीको तापक्रम लिने ब्यवस्था गर्ने, बिद्यार्थी प्रवेश गर्दा, बिच–विचमा र फर्कदा साबुनपानीले हातधुने ब्यवस्था गर्नुपर्ने, विद्यार्थीको बसाईमा १ मिटरको भौतिक दुरी कायम गरी मास्क, सेनिटाइजरको ब्यवस्था गर्नुपर्ने, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागीतामा आचारसंहिता तयार गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतका फोन नम्बर राख्नुपर्नेछ ।
यस्तै अब विद्यार्थीहरुलाई विद्यालय पढाउने सम्बन्धमा दबाब नदिई संस्थागत विद्यालयहरुले नेपालगंज उपमहानगरपालिकाले तोकेको शुल्कमा नबढ्ने गरी यही मंसिर महिनाबाट शुल्क लिने पाउनेछन ।
उपमहानगरपालिकाले विद्यालय संञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ www.moe.gov.np बाट डाउनलोड गरी सोही बमोजिम गर्न भनेको छ ।
- उपमहानगरपालिकाले दिएको निर्देशन पत्र