नेपालगंज उपमहानगरमा २३ वडाका ८ हजार ७ सय ११ जनाले गरिब परिचय–पत्र बुझदै

गरिब परिचय–पत्रको सदुपयोग भने तोकिएको समयावधि भित्र मात्र गर्न सकिने

  ।   २०७९ माघ २२, आईतवार १८:३७

प्रेम विश्वकर्मा, बाँके ।

बाँकेको नेपालगंज उपमहानगरपालिका अन्र्तगत पर्ने २३ वटै वडामा पहिचान गरिएका ८ हजार ७ सय ११ जना गरिब परिवारलाई गरिब परिचय–पत्र वितरण गरिदै छ ।

नेपाल सरकार, भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रातो, निलो र पहिलो गरी ३ किसिमको गरिब परिचय–पत्र उपलब्ध गराएको हो । जसको अर्थ अति गरिब, मध्यम गरिब र सामान्य गरिब भन्ने बुझिन्छ ।

मन्त्रालयले पठाएको गरिब परिचय–पत्रलाई उपमहानगरपालिका र मातहतका वडा कार्यालय मार्फत प्रमाणित गरेर वितरण गर्ने कार्य अहिले चलिरहेको छ ।

गरिब परिचय–पत्रको संख्याका आधारमा नेपालगंजका २३ वडा मध्ये वडा नम्बर २१, १३, १९, २२, १५, १६ मा धेरै गरिब परिचय–पत्र वितरण गरिदै छ ।

नेपालगंज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले गरिब परिचय–पत्रका सम्बन्धमा देखिएका कमजोरी, आएका गुनासाहरुलाई अहिले टिपेर राख्ने गरिएको भन्दै कमजोरी, गुनासो सुनुवाईका लागी सम्बन्धित ठाउँमा पठाईने जानकारी दिनुभयो ।

अहिले गरिब परिचय–पत्र वितरण गर्न आफुहरुले सहजीकरण मात्र गरेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाहले जानकारी दिनुभयो । वडामा तीन दिन यतादेखी गरिब परिचय–पत्र वितरणको कार्य चलिरहेको उहाँको भनाइ छ ।

गरिब परिचय–पत्रको सदुपयोग भने तोकिएको समयावधि भित्र मात्र गर्न सकिनेछ ।

Next Post

नेपालगन्जमा भलिबल प्रतियोगिता गरेर जनयुद्ध दिवस मनाउदै

२०७९ माघ २२, आईतवार १८:३७
बाँके । नेपालगन्जमा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले भलिबल खेल प्रतियोगिताको आयोजना गर्दै २७औं  जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा गरिन लागेको बिबिध कार्यक्रमका बारेमा जानकारी दिन आइतबार नेपालगन्ज स्थित आफ्नै कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता […]