खुर्सानीमा भविष्य खोज्दै प्युठानका युवा

  ।   २०८० असार २७, बुधबार १९:५२

प्युठान । गौमुखी गाउँपालिका प्युठानका एक युवाले आफ्नै गाउँमा खुर्सानी खेती गर्न सुरु गर्नु भएको छ। देशका युवा सबै बिदेशमा पलायन भइरहेको समयमा उहाँ भने आफ्नै खेतबारीमा नङ्ग्रा खोर्सदै खुर्सानीमा भबिष्य खोज्न लाग्नु भएको हो ।

प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ३, रजवाराका युवा व्यवसायी रमेश राना अहिले खुर्सानीका बेर्नासहित खेतबारीमा भेटिनु हुन्छ। उहाँले यो बर्ष १० हजार अकबरे खुर्सानीका बेर्ना (बिरुवा) आफ्नो जग्गामा लगाउनु भएको छ। खुर्सानी उत्पादनका लागि रानाले करीब २० रोपनी जग्गा भाडामा लिएर खुर्सानी खेती सुरु गरेको बताउनु हुन्छ ।

‘मैले अहिले करीब २० रोपनी जग्गा भाडामा लिएर अकबरे खुर्सानीको खेती सुरु गरेको छु, सुरुमा अहिले १० हजार अकबरेका बिरुवा रोपेँ, यो बाट करीब २० टन (२० हजार किलो) खुर्सानी उत्पादन गर्ने लक्ष्य लिएको छु ।’ व्यवसायी रानाले भन्नू भयो।

राना आफूले ‘बिधाता कृषि फार्म’ दर्ता गरेर कृषि पेशामा हात हाल्नु भएको छ। उहाँले अहिलेसम्म कहिँ कतैबाट आर्थिक सहयोग लिनु भएको छैन। ‘मैले नियमानुसार आफ्नै फार्म खोलेर यो व्यवसाय सुरु गरेको छु, कुनै संघ संस्थाबाट आर्थिक सहयोग लिएको छैन, सम्पुर्ण खर्च आफै जुटाएको छु, आफै लगानी लगाएर अकबरेबाट जीवनको भबिष्य खोज्दैछु ।’ – रानाले भन्नू भयो । रानाले खुर्सानीका बिरुवा आफ्नै नर्सरीबाट उत्पादन गर्नु भएको हो ।

गौमुखी गाउँपालिकाका कृषि प्राबिधिकहरुबाट प्राबिधिक सीप र ज्ञान सिकेको बताउनु हुन्छ । भन्नू हुन्छ ‘गाउँपालिकाका कृषि प्राबिधिकहरु र युट्युब हेरेर प्राबिधिक सीप र ज्ञान लिएको छु ।’

रानाको आगामी ५ बर्षभित्रमा कम्तीमा १ सय रोपनी जग्गामा कृषि व्यवसाय गर्ने लक्ष्य रहेको छ । उनले अकबरे खुर्सानीसहित ओखर, टिमुर, किवी, कागती लगायतको खेती विस्तार गर्ने योजना लिनु भएको छ।

आफ्नो ठाउँमा केही पेशा व्यवसाय छैन भनेर लाखौं लगानी लगाएर दैनिक हजारौं युवा रोजगारीका लागि देश बाहिर पलायन भइरहेका बेला राना भने आफ्नै गाउँघरको माटो खोर्सेर भविष्य खोज्दैहुनुहुन्छ । समाजमा उहाँ उदाहरणीय बन्नू भएको छ ।

Next Post

त्रिविको सम्बन्धन नवीकरण गर्न अटेर गर्ने बाँकेका ७ वटा कलेज, क्याम्पस (नामसहित)

२०८० असार २७, बुधबार १९:५२
Photo TU File प्रेम विश्वकर्मा, बाँके । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त तर सम्बन्धन नवीकरण नगरेका क्याम्पस, कलेजहरुको सूचीमा बाँकेका ७ वटा परेका छन । जसमा सीटी कलेज अफ म्यानेजमेन्ट, कलेज अफ एजुकेशन, कलेज अफ म्यानेजमेन्ट, ज्ञानमैत्री कलेज, कैलपाल एकेडेमी फर हेल्थ साइन्स कलेज, नेपालगंज मल्टिपल क्याम्पस, र निम्बल […]