तुलसीपुरमा व्यापारीहरुले सभापति खानलाई गरे भब्य स्वागत

  ।   २०८० फाल्गुन ८, मंगलवार २०:१९

दाङ,  । उधोग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पुर्व खानेपानी मन्त्री अब्दुल खानलाई मंगलबार दाङमा तुलसीपुर उधोग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

सभापति खानले उद्योग व्यवसायीहरुले उठाउँदै आएको मागप्रति आफू पूर्ण रुपले गम्भीर भएको बताउनुभएको छ । संसदीय मितिको सभापति भएको ४ महिना नबित्दै उधोगी, व्यवसायी र श्रमिकहरुको हितमा हुने गरी कानुन निर्माणमा व्यस्त रहेकै बेला उधोगी, व्यवसायीहरु संग छलफल गर्न र उधोगहरुको निरिक्षण गर्ने क्रममा दाङ पुगे पछि सभापति खानलाई संघ अध्यक्ष राम प्रसाद चालिसे लगायत संघका पदाधिकारीहरुले स्वागत गरे हुन ।

तुलसीपुरमा भएको छलफलमा उद्यमी व्यवसायीका समस्या समाधानका लागि आफ्नो समिति गम्भीर रुपले लागिपर्ने बताउनु भएको हो ।

उद्योगी व्यवसायीहरूलाई उद्योग व्यवसाय विकासको लागि उचित वातावरण तयार गरी प्रोत्साहन गरिने धारणा राख्दै सभापति खानले व्यापारीहरुको समस्या र उधोगीहरुको अध्ययन गरेर व्यवसायीहरुको हकहितको पक्षमा योजना ल्याउने धारणा राख्नुभयो ।

सभापति खानले तुलसीमा रहेको कारागारको अनुगमन गरी कैदाहरुले उत्पादन गरेको सामग्रीलाई बजारीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको सभापति खानका स्वकीय सचिव अतिउल्ला मुसलमानले जानकारी दिनु भयो ।

यसैगरी सभापति खानले तुलसीमा रहेको राप्ती लाईफ केयर अस्पतालको निरीक्षण गर्नु भएको अस्पतालका संचालक दोर्ण ओलीले जानकारी दिनु भयो । अस्पतालले दिदै आएको सेवालाई अझ प्रभावकारी बनाउन सभापति खानले ओलीलाई सुझाव दिनु भएको थियो ।

Next Post

पब्लिक स्पिच बाँके सम्पन्न, प्रतियोगी कृतिका प्रथम

२०८० फाल्गुन ८, मंगलवार २०:१९
नेपालगन्ज । बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच– सिजन २ (सार्वजनिक मन्तव्य) प्रतियोगिताको फाईनल अडिसन सम्पन्न भएको छ । बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको थियोे । बास नेपालको […]