कर्णाली र लुम्बिनीबाट मन्सुन बाहिरियो

  ।   २०८० आश्विन २२, सोमबार १०:०६

 

काठमाडौं । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशमा पश्चिमी भूभागबाट ‍मनसनु बाहिरिएको हो । सुदूरपश्चिमबाट असोज ६ गते मनसुन बाहिरिसकेको छ । अन्य भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने महाशाखाले जनाएको छ । पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ ।

नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो । सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ । तर यसपालि पाँच दिन ढिला गरी सदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको थियो । कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिएको भएपनि यसपालि आजको मितिसम्म सुदूरपश्चिम, कर्णाली लुम्बिनी पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिएको छैन ।

देशैभरीबाट कहिलेसम्म बाहिरिन्छ भन्नेबारे महाशाखाले अध्ययन अनुगमन गरिरहेको जानकारी दिएको छ । मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन । अन्य भूभागमा पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । नेपालका पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण बागमती र  गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

अहिले  कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सफा रहेको महाशाखाले जनाएको छ ।  दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Next Post

इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

२०८० आश्विन २२, सोमबार १०:०६
काठमाडौ । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ । इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको […]

सम्बन्धित समाचार