इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

  ।   २०८० आश्विन २२, सोमबार ११:५३

काठमाडौ । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।

इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो । सोही बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरुलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत-जावत सुचारू भइरहेकाले वस्तुगत अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिइने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । (अनलाईनखबरबाट)

Next Post

धानमा बेरुवा खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै, किसान चिन्तित

२०८० आश्विन २२, सोमबार ११:५३
नेपालगन्ज । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा सो समस्या देखिएको हो । कृषि ज्ञान केन्द्र नेपालगन्जका बागवानी अधिकृत रामप्रकाश यादवले […]

सम्बन्धित समाचार