स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते

  ।   २०८० मंसिर १५, शुक्रबार ०९:२५

नेपालगन्ज । पुर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन् । दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापामगर घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारू, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्निदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२ वर्षीया सीता चौधरी घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुरनजिकै दुलही लिएर पश्चिमतर्फ गइरहेको बा१८च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको थियो ।

स्कार्पियो दुर्घटना हुँदा त्यसमा सवार ८ जना घाइते भएका हुन् । घाइतेहरूको अवस्था मध्यम छ । ७ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सिन्धुलीबाट दुलही लिएर कन्चनपुर गइरहेको गाडी दुर्घटना परेको थियो ।

Next Post

नरैनापुरमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

२०८० मंसिर १५, शुक्रबार ०९:२५
बाँके । नरैनापुर गाउँपालिका १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । कोइला चमारिनले भनिन झन्डै एक घन्टा हिँडेर गाउँपालिका नजिकै रहेको लक्ष्मी सनराइज बैंक जानुपर्ने बाध्यता थियो । बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ समय कुर्नुपर्थ्यो । घरसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र […]