तारा रोकायद्वारा लिखित ´शुक्लाम्बरा` उपन्यास विमोचनसँगै सम्मान

  ।   २०८२ जेष्ठ १५, बिहीबार १९:३१

सबिता चन्द

नेपालगन्ज । झशुक्लाम्बराञ उपन्यास विमोचन गरेसँगै तीन जना भारतीय साहित्यकार तथा समाजसेवी र भेरी साहित्य समाजका पुर्व महासचिवलाई सम्मान गरिएको छ । बिहिवार नेपालगन्ज स्थित द होटल ग्यालेक्सीमा आयोजना गरिएको कार्यक्रममा तारा रोकाय खत्रीद्वारा लेखिएको उपन्यास ´शुक्लाम्बरा` विमोचन गरेसँगै ३ जना भारतीय साहित्यकार र एकजना भेरी साहित्य समाजका पुर्व महासचिवलाई सम्मान गरिएको हो ।  पुर्णतारा फाउन्डेसन तथा भेरी साहित्य समाज, केन्द्रीय समिति नेपालगन्जको आयोजनामा भएको विमोचन कार्यक्रममा भारतिय साहित्यकार शरिक रब्बानी, विणा वाहिनी चौबे, इशाद राही र भेरी साहित्य समाजका पुर्व महासचिव लेकप्रसाद प्याकुरेललाई सम्मान गरिएको पुर्णतारा फाउन्डेसनका अध्यक्ष तारा रोकायले बताउनु भयो ।  विमोचन कार्यक्रममा साहित्यकार सुमित्रा न्यौपानेले ´शुक्लाम्बरा` उपन्यासको परिचर्चा गर्नु भयो । साहित्यकार न्यौपानेले उपन्यास भित्र भएका विभिन्न पक्षलाई केलाएर हेर्दा उपन्यास समय सान्दर्भिक भएको वताउनु भयो । उहाँले कृतिकार रोकायलाई बधाई दिदै एउटा नारीले समाजमा खेप्नु परेका विभिन्न पीडा जस्ताको त्यस्तै उतार्न खोजिएको बताउनु भयो । साहित्यकार इश्वरी प्रसाद रिजालले आलोचनात्मक तरिकाले उपन्यासको चर्चा गर्नु भयो । उहाँले भन्नुभयो, ´समग्रमा उपन्यासले दिन खोजेको कुरा ठिकै छ तर भाषागत त्रुटीहरु प्रसस्तै रहेको छ ।` हुम्लाको परिवेशलाई भने उपन्यासले राम्रोसँग उतारेको बताउदै नेपालगन्जलाई जुन गहिराइमा उतार्नु पर्थ्यो त्यो उतार्न नसकेको बताउनु भयो । कृतिकार रोकायलाई बधाई दिदै उहाँले बाँकेको साहित्यमा एउटा उपन्यासकार थपिएको बताउनु भयो । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले तारा रोकायले पहिलो पटक लेख्नु भएको उपन्यासको आलोचना गरिहाल्नु पर्ने समय नभएको बताउनु भयो । उहाँले ताराले उपन्यास लेख्ने जमर्को गरेर यो अवस्थामा पुग्नु नै ठूलो कुरो भएकोमा बधाई दिनुभयो । बाँकेमा पछिल्ला दिनहरुमा महिला साहित्यका थपिदै गएकोमा आफूलाई गर्भ भएको कुरामा उहाँले जोड दिनु भयो । त्यस्तै अर्का अतिथि डा। कृष्णप्रसाद घिमिरेले साहित्यकारहरुको कुनै देश नहुने बताउनु भयो । भलै आफू कुनै सरकारी पदमा भएपनि साहित्य भनेपछि हुरुक्क हुने बताउदै तारा जि गायिका मात्र नभएर अब उपन्यासकार भएकोमा मनैदेखि बधाई दिन मन लागेको बताउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बाँकेको साहित्यिक इतिहासमा एउटा इट्टा थपिएको बताउनु भयो । भेरी साहित्य समाज, केन्द्रीय समिति सल्लाहकारका तर्फबाट डा। हरि तिमिल्सिनाले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताउनु भयो । उहाँले चारैतिरबाट गणतन्त्र माथी आक्रमण भैरहेको बेला १८ औँ गणतन्त्र दिवसको दिन पारेर १८वटा विद्धुतिय बत्ति बालेर उपन्यास विमोचन गर्नु निकै सह्रानिय भएको बताउनु भयो । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे ९जेम्स०ले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएको बताउनु भयो । झआमाञ उपन्यास पढेर उर्जा पाएको उहाँले स्मरण गर्दै तारा जिको कृतिले अर्थ राखेको बताउनु भयो । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताउदै संयोजक पाण्डेले उपन्यासकार रोकायलाई बधाई दिनु भयो । उपन्यासकार रोकायले २०५२ सालदेखि आफूले भोगेका सबै इतिवृतान्त उपन्यासमा उतार्न सफल भएको बताउनु भयो । लेख्ने क्रममा भाषिक अशुद्धता भयो होला, परिचर्चाकारले दिएको सुझावलाई आफूले हुबहु सकारात्मक तरिकाले लिएको बताउनु भयो । उपन्यास जति पटक पढ्छु त्यत्तिपटक रुन्छु भन्दै उपन्यासकार रोकायले सफल साहित्यकार वा अरु कुनै क्षेत्रमा सफल हुन संघर्ष गर्नुपर्ने बताउनु भयो ।  विमोचन कार्यक्रममा ७ जनाले आफ्ना रचना वाचन गर्नु भयो । भारतीय साहित्यकार शारिक रब्बानी, विणा वादिनी चौबे, इशाद राई, नेपाली साहित्यकार सुन्दर गुरुङ, डा। डक्ट प्रसाद धिताल, पार्वती पुन ९उषा०, अन्सर नेपाली लगायतले आफ्ना रचना वाचन गर्नुभयो । जसले कार्यक्रमलाई रोचक बनाएको कार्यक्रममा सहभागी अतिथि प्रकाश नेपालीले बताउनु भएको थियो ।

कार्यक्रममा दुई दर्जन बढी अतिथिको उपस्थिति रहेको सल्लाहकार तिमिल्सिनाले बताउनु भयो । कार्यक्रमको अध्यक्षता साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम संचालन समाजका पुर्व महासचिव लेकप्रसाद प्याकुरेलले गर्नुभएको थियो ।

Next Post

जनस्वास्थ्यकर्मी महासंघको नि:शुल्क स्वस्थ्य शिविरमा १९७ जना लाभान्वित

२०८२ जेष्ठ १५, बिहीबार १९:३१
सबिता चन्द बाँके । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेले १८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा निशुल्क स्वस्थ्य शिविर आयोजना गरी १ सय ९७ जना बिरामीहरुको निशुल्क स्वस्थ्य जाँच गरेको छ । बिहिबार बैजनाथ(७ पेडारी गाउँमा सो शिविर गरेको हो । शिविरमा नसर्ने रोगको स्क्रिनिङ्ग उपचार तथा प्राथमिक कान उपचार सम्बन्धि निस्शुल्क चेकजाँच […]

सम्बन्धित शीर्षक