कोहलपुर । पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी रहेको बताउनुभएको छ ।
संविधानले अझै पनि सबैलाई समेट्न नसकेको जिकिर गर्दै फेरि संशोधन गरी सबैको भावना समेट्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक समाजबादी पार्टी नेपालका बरिष्ठ नेता समेत रहेका महतोले देश बनाउन जमिन र जनतालाई मात्र नजोडेर आवश्यकतालाई पनि जोड्नुपर्ने बताउनुभयो ।
यस्तै सनिवार बाँकेको डुडुवा गाउँपालिका ४ शाहपुर्वामा निर्माण सम्पन्न शिव र हनुमान मन्दिर उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले समानताका लागि सबैको बराबरको सिद्धान्त कार्यान्वयन हुनुपर्ने बताउनुभयो । शासन-सत्ताभन्दा पनि मानसिकता सुधार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । संविधानले सबैको अधिकार समेट्न नसकेको उहाँको टिप्पणी थियो ।
यसै क्रममा नेपालगन्जमा पार्टीको प्रशिक्षण कार्यक्रममा आइपुग्नु भएका नेता महतो मन्दिर उदघाटन कार्यक्रममा पनि सहभागी हुनुभयो । आगामी स्थानिय तहको निर्वाचनका बिषयमा भने नेता महतोले कुनै धारणा राख्नु भएन ।मन्दिर उदघाटन कार्यक्रममा पार्टी बरिस्ठ नेता विजय गुप्ता, युवा नेता आशिष गुप्ता, जिल्ला नेता अनवर सिद्धिकि, लागयतकाे सहभागीत रहेकाे थियाे ।



