नेकपा माओवादी केन्द्र डुडुवा गाउपालिकाको प्रशिक्षण कार्यक्रम सम्पन्न

  ।   २०७८ चैत्र १२, शनिबार २२:५१

           कालू गिरि । बाँके । नेकपा माओवादी केन्द्र डुडुवाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सनिवार बिहान ११ बजे सुरु भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पुर्णा सुवेदीले गर्नु भएको थियो ।
बाँके इन्चार्ज समेत रहनु भएका सुवेदीले पार्टी लाई बलियो बनाउन र चुनावमा परिणाम निकाल्ने गरि लाग्न निर्देश दिनु भयो । यस्तै अर्का केन्द्रिय सदस्य अतहर हुसेन फारुकीले डुडुवा गाउपालिकामा पालिका पार्टीले कम्मर कसेर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सदस्य, जिल्ला सदस्य, पालिकाका सम्पुर्ण कार्यसमिति र वडाका अध्यक्ष, सचिब लगायत सम्पुर्ण जनबर्गिय संगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता डुडुवा गाउपालिकाका अध्यक्ष भोला यदावले गर्नु भएको थियो भने कार्यक्रम संचालन डुडुवा गाउपालिका सचिव प्रेमा शाहीले गर्नु भएको थियो ।

Next Post

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता, नौ वटा सम्झौतामा हस्ताक्षर

२०७८ चैत्र १२, शनिबार २२:५१
संवाददाता । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किनुभएको छ । शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुग्नुभएका वाङ आज दिउँसो स्वादेश फर्किनुभएको हो । नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो । शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । […]