बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

  ।   २०७७ आश्विन ६, मंगलवार ०७:२७

काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटघाट भएको छ ।

भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वरेण्टीनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायत विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै देशबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।

भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताउनुभएको मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले जानकारी दिनुभयो ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभइ नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । रासस

Next Post

पुनर्निर्माणमा कोरोनाको असर : पुनर्निर्माण प्राधिकरणको कार्यकाल एक वर्ष थप्न सिफारिस

२०७७ आश्विन ६, मंगलवार ०७:२७
काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल एक वर्ष थप गर्न सिफारिस गरिएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले कार्यकाल एक वर्ष थप्न सिफारिस गरेको हो । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको अवधि एक वर्ष थप्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय […]