पुनर्निर्माणमा कोरोनाको असर : पुनर्निर्माण प्राधिकरणको कार्यकाल एक वर्ष थप्न सिफारिस

  ।   २०७७ आश्विन ६, मंगलवार ०७:३४

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल एक वर्ष थप गर्न सिफारिस गरिएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले कार्यकाल एक वर्ष थप्न सिफारिस गरेको हो ।

प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको अवधि एक वर्ष थप्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि कोभिड–१९ महामारीका कारण निजी आवास पुनर्निर्माण, धरहरा पुनर्निर्माण लगायतका अरु महत्वपूर्ण संरचनाहरुको काम सक्न ढिलासुस्ती भएकाले समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्राधिकरणको पाँच वर्षे कालकाल आउँदो पुस १० मा सकिदैछ । प्राधिकरणले थप भएको ६ महिना अर्थात् २०७८ असार मसान्तसम्म अहिले भैरहेका कामहरु सक्ने र बाँकी ६ महिनामा लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा पालिकालाई बाँकी रहेका कार्यजिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेजहरु हस्तान्तरणका गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

निर्देशक समितिको निर्णयअनुसार चालु आर्थिक बर्ष २०७७र७८ मा निजी आवाससम्बन्धी सम्पूर्ण कार्यहरु सम्पन्न गर्ने योजना छ । निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थप सम्बन्धी प्रावधान छ । कुनै कारणले तोकिएको अवधिमा पुनर्निर्माणको काम सम्पन्न नभएमा सरकारले एक वर्ष कार्यकाल थप्न सक्ने उल्लेख छ । बैठकले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी मौजुदा बजेट योजनालाई परिमार्जन गरी ४ खर्ब ८८ अर्बको संशोधित बजेट र कार्यक्रम स्वीकृत पनि गरेको छ ।

परिमार्जित बजेट तथा कार्यक्रमको अधिनमा रही पुनर्निर्माणका चालु तथा बाँकी कार्यहरु सम्पन्न हुनेछन् । निर्देशक समितिले पुनर्निर्माणका सिकाई एवं अनुभव आदान प्रदान गर्न २०७८ बैशाख १० देखि १२ मा परिस्थिति अनुसार भौतिक वा भर्चुअल रुपमा गर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी प्रकृया अघि बढाउन स्वीकृति पनि दिएको छ । उज्यालो अनलाइन

Next Post

आज सामाजिक सेवा दिवस मनाइँदै

२०७७ आश्विन ६, मंगलवार ०७:३४
काठमाण्डौ । आज सामाजिक सेवा दिवस ‘सामाजिक क्षेत्र स् राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ मनाइँदैछ । ४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ । समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको अनुगमन, […]