आज सामाजिक सेवा दिवस मनाइँदै

  ।   २०७७ आश्विन ६, मंगलवार ०७:५५

काठमाण्डौ । आज सामाजिक सेवा दिवस ‘सामाजिक क्षेत्र स् राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ मनाइँदैछ ।

४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ । समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितिमा दिवस मनाउने गरेको छ ।

कोरोना महामारी तथा सङक्रमण जोखिमको यो बेला अप्ठ्यारोमा परेकालाई सहयोग तथा स्वास्थ्यकर्मीमाथि हुँदै आएका व्यवहार परिर्वतनमा जुट्न दिवस केन्द्रित गरिएको छ ।

२०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ । समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माणका कार्यहरूसँग जोडेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको हो ।

समाज सेवाको क्षेत्रमा उत्कृष्ठ सेवा गर्नेलाई तुलसी मेहर समाज सेवा पुरस्कार र समाजसेवी पुरस्कार प्रदान गर्ने पनि परिषद्ले जनाएको छ । उज्यालो अनलाइन

Next Post

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

२०७७ आश्विन ६, मंगलवार ०७:५५
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई भिडियोमार्फत् सम्बोधन […]