बाँकेमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस फरक किसिमबाट भब्य रुपमा सम्पन्न

  ।   २०८१ श्रावण २९, मंगलवार २२:०५

नेपालगन्ज । दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि , डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि ” भन्ने मुल नाराका साथ सोमबार २५ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।

बाँकेको नेपालगन्जमा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेका संस्थाहरु मानवता नेपाल बाँके, समर्पित नेपाल र कानुन समाज सेवा नेपालको संयुक्त आयोजनामा फरक किसिमले अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न गरिएको थियो ।मानवता नेपाल बाँकेका सचिव केपी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सभाषद माननीय दीपा शर्मा रहनु भएको थियोे । चारवटा फरकफरक विधामा वक्ताहरुलाई बोल्न लगाएर गरिएको कार्यक्रममा १०० भन्दा बढी युवा युवतीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा वक्ताका रुपमा पत्रकारिता क्षेत्रबाट डा. डक्ट प्रसाद धिताल, राजनीतिक क्षेत्रबाट युवा नेता टेकेन्द्र मल्ल, साहित्यिक क्षेत्रबाट बिपी अस्तु र महिला उद्यमशीलबाट सुजाता खरेल रहनु भएको थियोे ।

फरकफरक विधामा प्रशिक्षण दिन उपस्थित वक्ताहरूले कार्यक्रममा आफ्नो सङ्घर्षपुर्ण यात्रा र आफ्नो आफ्नो पेशाका बारेमा बताउदै यस्ता कार्यक्रमबाट आफुहरु प्रभावित भएको र आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रम गर्न आयोजक संस्थाहरूलाई सल्लाह सुझाव दिनु भएको थियो । अधिकांश वक्ताहरूले युवाहरुलाई यो देशको भविष्य तपाईंहरुको हातमा भएको हुदा पार्टीका झोले नभएर सही कुरालाई सही र गलत कुरालाई गलत भन्नु पर्नेमा जोड दिनुभएको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा समर्पित नेपालका संस्थापक अध्यक्ष निर्मल सुवेदीले सञ्चालन गर्नु भएको थियोे भने स्वागत मन्तव्य कानुन समाज सेवाका अध्यक्ष छत्र सुनारले दिनु भएको थियोे ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघीय सांसद शर्माले देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दा बाँकेमा भने फरक किसिमको कार्यक्रम भएको हुदा आफू खुसी भएको बताउदै अबका नयाँ पुस्ता युवाहरुलाई यस्ता किसिमका कार्यक्रमबाट उनीहरुलाई विदेशीन वाध्य नभइ स्वदेशमै केही न केही गर्न सकिने बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि शर्माले आफुले संसद भवनमा समेत युवा लक्ष्यित कार्यक्रम ल्याउनमा आवाज उठाइरहेको र आगामी दिनहरुमा पनि उठाउने बताउदै आजका युवायुवती नै भोलिका देशका कर्णदार भएको हुदा उनीहरूलाई हौसला, उनीहरूलाई प्राथमिकतामा राखेर योजजाहरु ल्याउनुपर्नेमा जोड दिनु भएकोे थियो ।

Next Post

अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेट

२०८१ श्रावण २९, मंगलवार २२:०५
काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ। शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति […]

सम्बन्धित शीर्षक