थप ६ हजार ३ सय ५१ पिसिआर परीक्षण, ७४२ जनामा कोरोना पुष्टि

  ।   २०७७ पुष ६, सोमबार १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ पिसिआर परीक्षण गर्दा मुलुकभर ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १८ लाख ७७ हजार एक सय ८१ जनाको पिसीआर परीक्षण गरिएको छ।

आजसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमित ७ हजार ९ सय ७६ छन् । एक हजार ७९ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव १ प्रतिशत पुगेको छ।

कुल संक्रमित २ लाख ५४ हजार पाँच सय १४ जना छन्। बितेको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय ९५ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ। क्वारेन्टाइनमा चार सय २१ जना छन्।

Next Post

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उद्घाटन खेल लुम्बिनी र प्रदेश २ बीच हुने

२०७७ पुष ६, सोमबार १६:३०
काठमाण्डौ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २० ओभरमा […]

सम्बन्धित शीर्षक