कोरोनाभाइरस महामारीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न समस्या परेको गुनासोका कारण चार महिना म्याद थप्न प्रस्ताव गरिएको छ ।
राष्ट्रिष परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार धेरै स्थानीय तहले नवीकरणको काम गर्न नसकिएको भनेर म्याद थपका लागि आग्रह गरेकोले त्यस्तो प्रस्ताव गृह मन्त्रालय पठाएको हो ।
देशभर झन्डै २९ लाख व्यक्तिलाई विभिन्न शीर्षकमा राज्यले ४ सय रुपैंया देखि ३ हजार रुपैयाँ प्रति महिनाका दरले भत्ता उपलब्ध गराउने गरेको छ ।
भत्ता पाउने व्यक्तिले हरेक वर्षको साउन महिनाभित्र वडा कार्यालयमा गएर नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था सामाजिक सुरक्षा नियमावलीमा छ ।
–बीबीसी नेपालीबाट