आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै

  ।   २०७८ भाद्र १६, बुधबार १८:०५

काठमाण्डौ । आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज निको हुनेसहित अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १९ हजार तीन सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४८ हजार दुई सय चार पुगेको छ ।

यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात ७० पुगेको छ ।

नेपालमा अहिले ३४ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये पाँच सय ६३ जनाको आईसीयूमा र एक सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Next Post

एन्टिबडीको नतिजाबाट उत्साहित हुने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

२०७८ भाद्र १६, बुधबार १८:०५
काठमाडौं । एन्टिबडी परीक्षणका लागि गरिएको ‘सेरोप्रिभिलेन्स’ सर्वेबाट आएको नतिजाका आधारमा उत्साहित हुने अवस्था भने नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। कृषणप्रसाद पौडेलले अहिले देखिएको कोभिड–१९ विरुद्धको एन्टिबडीको लेभल र कहिलेसम्म काम गर्छ भन्ने यकिन नभएकाले ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । त्यस्तै, […]