संवाददाता ।
मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार नेपालमा परिवारको सदस्य वा नजिकको नातेदारबाट मिर्गौला दान लिन वा दिन सकिन्छ ।
ऐनले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरालाई परिवारको सदस्य भनेको छ ।
नजिकको नातेदारमा भने पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुवा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानलाई समेटिएको छ ।
ऐनले धर्मपुत्र वा धर्मपुत्री वा वैवाहिक सम्बन्धबाट कायम भएको नाता भने कम्तीमा दुई वर्षदेखि अटुट रहनुपर्ने भनेको छ । नेपालभन्दा भारतमा आफन्तबाट अङ्ग दानको दायरा अझै साँघुरो रहेको देखिन्छ ।
दश वर्षअघि संशोधित भारतको मानव अङ्ग प्रत्यारोपण ऐनले परिवारको तीन पुस्ताबीच मात्रै अङ्ग दान लिन वा दिन सकिने उल्लेख छ । यसका लागि त्यहाँका प्रत्येक राज्यमा स्वीकृति दिने छुट्टाछुट्टै नियमहरू बनाइएका छन ।
थप बुझ्न र पढ्नका लागी बीबीसी नेपालीबाट