आइतबारदेखि सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने

  ।   २०७७ फाल्गुन २०, बिहीबार ०८:०१
unn.prixa.net

काठमाण्डाै | आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गएको माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो  । पहिलो चरणमा नेपालको कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए ।

हिजो प्रतिनिधिसभाका सांसद र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुले खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

Next Post

तीन वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट

२०७७ फाल्गुन २०, बिहीबार ०८:०१
काठमाण्डौ | गएको ३ वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट भएको छ । राजस्व अनुसन्धान विभागले हिजाे सार्वजनिक सूचना निकालेर तीन वर्षकाे अवधिमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको छ । अन्य १७ मुद्दामा सात अर्ब रुपैयाँको […]

सम्बन्धित शीर्षक