सामुदायिक वनबाट बन्दुक बरामद

  ।   २०८० मंसिर १९, मंगलवार १२:५९

नेपालगन्ज । बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समुहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त वनका चौकीदार माघु थारुले जङ्गलमा बन्दुक रहेको सूचना ईलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराएको र उक्त स्थानमा प्रहरी टोली गई सो बन्दुकलाई बरामद गरि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Next Post

अगैयासम्म जाने सडकको स्तरोन्नति हुने

२०८० मंसिर १९, मंगलवार १२:५९
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले नेपालगन्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने १६ सय मिटर सडकको चौडा र कालोपत्रे गरी […]

सम्बन्धित समाचार