लोकप्रिय बन्दै बाँके सिडियो एसपी

  ।   २०८० मंसिर २०, बुधबार १७:०५

नेपालगन्ज । बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पढाउनुभएको छ । पछिल्ला दिनमा सिडियो र एसपी लोकप्रिय बन्दै जानुभएको छ । उहाँहरुले विद्यार्थीलाई पुस्तकको पाठ्यक्रमको पाठ नपढाएर लागूऔषध दुर्व्यवहार विरुद्धको सचेतनाको पाठ पढाउनुभएको हो।

बुधबार नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले लागूऔषध दुव्र्यसन विरुद्धको चेतनामूलक प्रशिक्षण दिनुभएको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिनुभयो ।

प्रधानाध्यापक सुवेदीका अनुसार कक्षा ९ र १० का करिब एक सय विद्यार्थीलाई प्रजिअ पोखरेल र प्रहरी उपरीक्षक बोहराले लागूऔषध उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा सेवनविरुद्धको सचेतना प्रशिक्षण दिनुभएको हो । साथै लागूऔषध दुव्र्यसनले व्यक्ति र समाजमा पार्ने नकारात्मक असर तथा कानुनका बारेमा पनि सचेतना प्रशिक्षण दिनुभएको सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई दिइएको सचेतनाको प्रशिक्षणबाट सिकेको पाठ आफूले पनि लागू गर्ने र घर तथा समाजमा पनि यस विषयमा जानकारी गराई समाजलाई समेत सचेतना फैलाउनका लागि उहाँहरुले विद्यार्थीहरुलाई आग्रह गर्नुभएको पनि प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।

Next Post

सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध

२०८० मंसिर २०, बुधबार १७:०५
सबिता चन्द नेपालगन्ज । सोफिया रेसिडेन्सियल इङलिस स्कुल नेपालगन्जको १७औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम  सम्पन्न भएको छ । बिहिबार सोफियाको आफ्नै मैदानमा सुरु भएको कार्यक्रम सबै विद्यार्थी र विद्यार्थीका अभिभावकको सहभागितामा कार्यक्रम सम्पन्न भएको स्कुल ब्यबस्थापन समितिले जनाएको छ । राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति […]