सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध

  ।   २०८० मंसिर २२, शुक्रबार ०७:५३

सबिता चन्द
नेपालगन्ज । सोफिया रेसिडेन्सियल इङलिस स्कुल नेपालगन्जको १७औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम  सम्पन्न भएको छ । बिहिबार सोफियाको आफ्नै मैदानमा सुरु भएको कार्यक्रम सबै विद्यार्थी र विद्यार्थीका अभिभावकको सहभागितामा कार्यक्रम सम्पन्न भएको स्कुल ब्यबस्थापन समितिले जनाएको छ ।

राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति थियो । विद्यार्थीहरुले विभिन्न किसिमका नाच, नाटक, गीति नाटक जस्ता प्रस्तुति देखाएर आफ्ना अभिभावकहरुलाई मन्त्रमुग्ध बनाए । विगनर्सदेखि १० कक्षासम्मका सम्पुर्ण विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा देखाएर रमाएको दृश्यले माहोल नै अर्कै बनायो । समाजमा घटेका घटनालाई जस्ताको त्यस्तै उतार्न सफल भएका विद्यार्थीले परिवारमा हुने बाल हिंसा लागयत शिक्षा बिना मानिसले एक सानो चिठीका लागि कतिलाई गोहार्नु परेको पीडा जस्ताको त्यस्तै उतारेको देख्दा सहभागी अतिथि दंग पर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगर पालिकाका मेयर प्रशान्त बिष्टले बच्चाहरुको कलरफुल डान्सले मनछोएको बताउनु भयो । बिष्टले भन्नुभयो,´ तपाईको छोराछोरी डाक्टर, इन्जिनियर त होलान् । आमाबुबालाई कतै बृद्धाश्रममा त छोडिरहेका छैनन्’, उहाँले भन्नुभयो, ‘आज तपाईले समय दिएर असल सन्तान बनाउनु भयो भने भोलि सन्तानले पनि तपाईलाई हेर्नेछन् ।’ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, पुर्व मन्त्री गजेन्द्र हमला, जिल्ला शिक्षा समन्वय इकाईका अधिकृत उद्धव श्रेष्ठ लगायतले स्कुलको प्रगतिको लागि शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सबै ब्यबस्थापनको पाटो प्रधानाध्यापक सुशिला बसेलले गर्नुभएको थियो । ओहोदा, आसनको कुनै पर्वाह नगर्ने बसेलको नजर विद्यार्थीले देखाउदै गरेको कार्यक्रम, विद्यार्थी र शिक्षकमा नै थियो ।

कार्यक्रमको संचालन स्वागत सबै बिद्यार्थीले नै गरेका थिए । कार्यक्रमका बीच-बीचमा विद्यार्थीले पनि मन्तव्य दिने अनौठो कुराले अभिभावक प्रभावित हुनुभयो । कार्यक्रममा हेड ब्वाइ हर्सित पाण्डेले स्कुलले सिकाएको संस्कार, गुरुहरुले दिएको शिक्षा र साथीहरुसँगको संगतले बिर्सन नसकिने छाप जीवनमा परेको बताउनु भयो । त्यस्तै कार्यक्रमको समापन गर्दै स्कुल बिकास समितिका अध्यक्ष के.बी. बसेलले सुन्नेबाट सुरुभएको यस विद्यालयको यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिनुभयो । उहाले भन्नुभयो, ´ तपाई र हामी स्कुल मिलेर तपाइँको नानी-बाबुको भविष्य बनाउने हो । त्यसैले आउनुहोस् मिलेर भविष्य निर्माण गरौं । भोलिको दक्ष जनशक्ति निर्माण गर्ने जिम्मा हाम्रै काँधमा छ ।` कार्यक्रममा विद्यार्थीहरुसँग मिलेर कार्यक्रम संचालन शिक्षिका प्रतिमा बस्यालले गर्नुभएको थियो ।

Next Post

राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने खाँ पक्राउ

२०८० मंसिर २२, शुक्रबार ०७:५३
नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा फहद खाँलाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२२ नहरपुर्वाका खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । खाँले नेपालगन्ज उपमहानगरपालिका-१७ […]