भारतीय विदेश सचिव हर्षवर्द्धनको नेपाल भ्रमण आजदेखि, सीमा विवादबारे छलफल हुने

  ।   २०७७ मंसिर ११, बिहीबार ०८:४३

काठमाण्डौ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएको भए पनि यो पटकको उहाँको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ । आज नै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको बुझिएको छ ।

दुई देशीय सीमा मामिलासहित प्रवुद्ध समूह ९ईपीजी० को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा पनि भारतीय विदेश सचिव श्रृंगलासँग कुराकानी हुने परराष्ट्रसचिव भरतराज पौडेलको भनाई छ । काठमाण्डौको एक होटलमा द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उहाँले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँ र परराष्टमन्त्री ज्ञवालीबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव श्रृंगला नेपालको भ्रमण सकेर भोलि दिउँसो १ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

Next Post

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

२०७७ मंसिर ११, बिहीबार ०८:४३
काठमाण्डौ । राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच […]