देशभर मनसुन सामान्यदेखि पूर्णतया वदली, मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदै

  ।   २०७८ भाद्र २१, सोमबार ०७:३३

काठमाडौं । जल तथा मौसम विज्ञानका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

Next Post

रारामा नयाँ रिसोर्ट बन्दै

२०७८ भाद्र २१, सोमबार ०७:३३
    सुन्दरताले भरिएको नेपालको सबै भन्दा ठुलो रारा ताल प्छिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाइमा परेको छ । रारा आउने पर्यटकहरुलाई लक्षित गदै राराको मुर्मा टपमा रारा ईको रिसोर्ट बन्न लागेको राराईको रिसोर्ट प्रालीका संचालक देविकृष्ण रोकायाले वताउनु भयो । अहिले राराको मुर्मा टपमा रारा पुग्ने पर्यटकहरुको […]

सम्बन्धित शीर्षक