रारामा नयाँ रिसोर्ट बन्दै

  ।   २०७८ भाद्र २१, सोमबार १६:२३

    सुन्दरताले भरिएको नेपालको सबै भन्दा ठुलो रारा ताल प्छिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाइमा परेको छ । रारा आउने पर्यटकहरुलाई लक्षित गदै राराको मुर्मा टपमा रारा ईको रिसोर्ट बन्न लागेको राराईको रिसोर्ट प्रालीका संचालक देविकृष्ण रोकायाले वताउनु भयो ।

अहिले राराको मुर्मा टपमा रारा पुग्ने पर्यटकहरुको संख्यामा करिव ९० प्रतिशत पर्यटकहरु मुर्माटप पुग्ने गरेका छन् । यदि रारा पुगेर मुर्माटप नपुगेछि रारा यात्रा पर्यटकहरुको लागी  अधुरो  हुन्छ । अहिले मुर्मा टपमा दैनिक सयौंको संख्यामा पुग्ने पर्यटकहरुलाई खाजा, खाना, वास र पानिको समस्या छ अव त्यो सम्स्या हट्ने रोकाया वताउनु हुन्छ ।
राराको मुर्माटपमा रिर्सोट बन्दा वित्तिकै पर्यटकहरुलाई खान र वस्नको लागी सहज हुने र पर्यटकहरुको रारामा थप बसाई लम्व्याउन सकिने छ । रारा ईको रिसोर्ट राराकै सुविधा सम्पन्न रिसोर्ट हुने रोकायाको दाबी छ ।  मुर्मा टपमा बन्न लागेको रारा ईको रिर्सोटबाट रारा तालको पुरै दृश्य अवलोकन र छायाँनाथ, चुचेमारा, मुर्मा गाउँ  ऋमोक्ष, चंखेली, कान्जिरोवा, कोईकि हिमाल र विहानको राराको सनराई हेर्न सकिने गरि डिजाईन गरिएको छ । रारा तालको किनारबाट खत्याडखोला जानेबाटो तिर करिव ८सय मिटर पर माजघट्टमा २ हजार ७५ सालबाट  रारा मुर्मा होमस्टे संचालन गदै आउनु भएका रोकायाले  होमस्टेमा दिनमा करिव ५० देखि सय जना पर्यटकहरुलाई सेवा दिदै आउनु भएको छ । उक्त रारा मुर्मा होमस्टेमा पनि रारा ईको रिर्सोटले करिव ३ रोपनिको जग्गामा  थप लगानि बढाएर २० कोठाहरुको नयाँ भवन निर्माण हुने रोकाया वताउनु हुन्छ । अहिले १० रोपनि जग्गामा बन्ने रारा इको रिसोर्ट स्थानिय काठ, माटो र ढुङ्गाको प्रयोगमा बनाईने छ । रिसोर्टमा तत्काल २० कोठाहरु बन्नेछन् ।
पर्यटकहरुको चाप अनुसार निकट भविश्यमा थप कोठाहरुको संख्यामा बृद्धि गरिने रोकाया वताउन्छन् । रारा ईको रिसोर्ट र होमस्टेको स्तर वृद्धि संगै अव दिनमा करिव २ सय देखि ३ सय जना पर्यटकहरुले सेवा लिन पाउने छन् । रारा ईको रिसोर्ट प्रा.ली. ले स्थानिय अर्गानिक खानाका परिकारहरुलाई प्राथामिकता दिने र स्थानियहरुलाई रोजगारि सिर्जना गर्नेछ । कर्णालीका यूवा पर्यटन व्यवसायी देबिकृष्ण रोकायाले कर्णाली र रारा क्षेत्रलाई लक्षित गदै रारा एड्भेन्चर ट्राभल्स संचालनमा ल्याउनु भएको हो । रारा एड्भेन्चर प्रालिले देशको जुनसुकै ठाँउबाट रारा घुम्न चाहाने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी स्थलमार्ग र हवाई मार्गबाट सजिलै सस्तो सुलभ रारा टुर प्याकेज संचालन गदै आएको छ ।
राराको प्रकृतिक सुन्दरता बचाई राख्नु पर्नेमा जोड दिने रोकाया  राराको कोर क्षेत्र भन्दा वाहिर होटल खोल्नु पर्नेमा जोड दिनुहुन्छ ।

Next Post

सरकारी कामकाजका लागि कुन प्रदेशमा कुन भाषा सिफारिस ?

२०७८ भाद्र २१, सोमबार १६:२३
संवाददाता ।संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव अवस्थीले हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री देउवाले आयोगले समयमै सबै भाषाबारे अध्ययन, […]

सम्बन्धित समाचार