दलित सम्बन्धि जान्नै पर्ने केही तथ्यहरु

  ।   २०७८ असार १२, शनिबार १३:१५

अन्तिम प्रसिद्ध धिताल
हामिले मात्र दलितलाइ विभेद गरेका हौ त ? दलितले दलितलाइ समेत विभेद गरेका छन त्यो किन ? त्यसैले हामिले पनि गर्न पर्छ ? भन्ने जस्ता तर्क  बिल्कुल चेतना स्तरभन्दा बहिर छन । भन्नको लागि मात्र भनिएको हो भने भन्नु केही छैन ? यस्तो किन भयो भन्ने ज्ञानकै कमिले भनिएको हो भने ? यसो किन भयो त दलित भित्र बिभेद, बाहुन भित्रै विभेद ?

नेपालमा पृथ्वीनारायण शाहाको पाला देखि नै यो प्रथाले निरन्तरता पाएकै हो तर त्यो बेला सम्म जात भित्रको विभेद अझै थिएन नेपालमा त्यसैले उनले चार जात छत्तीस बर्ण भने ।

आयो कुरा जयस्तिथी मल्लको पालामा उनले राज्य संचालनमा सहजताको निम्ति चाणक्यको निति लागू गर्नु पर्छ भन्ने बिचार अन्तर्गत उनले जाति प्रथालाइ अझै बढवा दिए र कामको आधारमा जात बिभाजन गरे,अनि काम कै आधारमा र उनको आवस्यकता अनुरुपको चार जात भित्रै बिभाजन गरे जसले गर्दा यो छुवाछूतलाई अझै बढवा पायो ।

जब विभेद भित्रै विभेद हुन्छ अनि त्यो संगठित हुन पाउदैन शासक बिरुद्धमा जस्तो एक जाति भित्रै अर्को जातिले बिरोध गर्ने स्थिति पैदा हुन्छ भने त्यहा बिरोधको आवाज भन्दा पनि कसले कति विभेद गरेर आफुलाइ उच्च जातमा पार्ने प्रतिस्पर्धा जस्तो हुन आउँछ ।

जयस्थिती मल्लले यिहिकुरोको सुबिचारी  रुपमा दलितलाइ दलित बस्ती मै एक दलितले अर्कोको नियन्त्रण र विभेदको जिम्मेवारी दिए ।

पछिल्लो समय मुलुकिय ऎनमा संस्थागत गर्दै अझ जयस्थिती मल्लको र चाणक्यको नितिलाइ ब्यबस्थित गर्दै जंग बहादुरले त मुसलमान, इसाई र जनजातिलाई समेत छुवाछूतको ब्यबस्थामा ल्याए र जनजातिले जसलाई छुवाछूतको थाहा नै थिएन उनलाइ नि दलितलाई छुवाछूत गर्न पर्छ भनेर एनमै लिपि गरे अनि कसले कस्को जुठो खाने कसले कसरी पहिरन, भेषभुषा लगाउने ? भन्ने समेत उल्लेख गरेर विभेदलाइ अझै लिपिबद्ध गरे र त्यो जरालाइ अझै गहिरो संग गाडे ।

प्रधानमन्त्री केपि ओलिको कसले टोपी कसरी लगाउन पर्थ्यो भन्ने बारेमा बोलेको भिडियो हेर्ने हो भने अझै प्रष्ट हुन्छ ! कसले कस्तो पहिरन लगाउने भनेर ? दलित वा कथित तल्ला जातकाले टोपी लाउदा पनि माथिल्लो जातको जसरी लाउन पाइदैन थियो । यी सबै कुरोको अध्ययन नगरी तिमिले पनि त विभेद गर्ने गर्छौ र त हामी नि गर्ने हो भन्न कति जायज छ प्रश्न आफैलाई गर्नु होस मित्र ?

Next Post

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई ४० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण 

२०७८ असार १२, शनिबार १३:१५
समाचारदाता नेपालगञ्ज । बाँके युनेस्को क्लबले कोरोनाको संभावित तेस्रो लहर नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई ४० लाख रुपियाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले आइतवार जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।  कोरोनाको संभावित तेस्रो लहर दोस्रो भन्दा पनि […]