नेपालगंजमा मोबाईल चोरी गर्ने ३ स्थानीय लुटेरा पक्राउ ।।

  ।   २०७८ श्रावण १४, बिहीबार १८:१३

संवाददाता, नेपालगंज

गएको साउन ८ गते बिहान २ बजे नेपालगंज उप–महानगरपालिका वडा नम्बर ४ बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्समा चोरी गर्नेहरु पक्राउ परेका छन ।

पुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी उनीहरुले मोवाईल, घडी, एम.पि.थ्री, वैंकहरुको चेक सहित करिब १० लाख रुपैंया बराबरको सामानहरू लुटेका थिए ।

चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न बाँके नेपालगंज उप–महानगरपालिका वडा नम्बर ९ का २२ बर्षिय सुमित शर्मा, वडा नम्बर १३ का १८ बर्षिय नानु खटिक र १२ वर्षिया एक वालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चोरीका मोवाईल ३६ थान, जीसक कम्पनीको घडी ६ थान र एमपीथ्री १ थान सहित साउन १३ गते राती करिब १० बजेतिर नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

Next Post

बर्दियामा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि बढ्यो

२०७८ श्रावण १४, बिहीबार १८:१३
बर्दिया । आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व स् मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बढेसँगै पछिल्लो दुई वर्षयता बाघ आक्रमणका घटना बढ्नुले बाघ र मानवबीच द्वन्द्वको चुनौती थपिएको […]