जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई ४० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण 

  ।   २०७८ असार १३, आईतवार १७:३३

समाचारदाता
नेपालगञ्ज । बाँके युनेस्को क्लबले कोरोनाको संभावित तेस्रो लहर नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई ४० लाख रुपियाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले आइतवार जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।  कोरोनाको संभावित तेस्रो लहर दोस्रो भन्दा पनि बढी भयावह हुने आशंका गरिएकोले सो नियन्त्रणका लागि अहिले बाटै तयारी शुरु गर्न सहज होस भनेर क्लबले जिल्ला कोभिड व्यवस्थापन समितिलाई ४० लाख रुपियाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।  सो सामाग्रीलाई बाँके युनेस्को क्लबका संरक्षक सिद्दिकी र प्लान इन्टरनेसनल नेपालका प्रतिनिधी जनक गिरीले संयुक्त रुपमा जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्नुभयो । संभावित तेस्रो लहरबाट जोगिनका लागि बाँकेमा तयारी शुरु गरिसकिएको  जनाउँदै सोहीका लागि प्लान र युनेस्कोबाट ४० लाख रुपियाँको स्वास्थ्य सामाग्री प्रांप्त भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।उहाँले यस पटक पहिलेदेखिनै सबैले होसियार भएर तेस्रो लहर आउनु भन्दा पहिलेनै सबै तयारी गर्नु पर्ने देखिएकोले सो का लागि यो सामाग्री अतिनै सहयोगी हुने बताउनुभयो ।

सरकारकोे मात्रै मुख ताकेर बस्नु भन्दा गैर सरकारी र निजि क्षेत्रले पनि महामारी नियन्त्रणमा अहम भूमिका खेल्नु पर्ने प्रजिअ गेलालले बताउनुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहीले बाँकेका अस्पताल र जिल्ला कोभिड व्यवस्थापन समिति दुबैले तेस्रो लहर नियन्त्रणको तयारी गरिसकेकोले सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।स्वास्थ्य सामाग्रीहरुको बारेमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले जानकारी गराउनु भएको थियो ।
डीसीएमसी, नेपालगञ्जमा रहेको भेरी अस्पताल र विभिन्न ८ वटा स्थानीय तहहरुका लागि प्रदान गरिएको ४० लाख रुपियाँको सो स्वास्थ्य सामाग्रीमा ८० हजार मास्क, ६ वटा अक्सिजन कन्सन्टेटर, ४० वटा अक्सिजन सिलिन्डर, ६४० एन ९५ मास्क, ५०० एमएलका १२४८ पिस हेन्ड सेनिटाइजर, १२५० वटा फेस शिल्ड, ३ हजार ग्लोभ्स, ५सय एन्टिजेन टेस्ट किट, २ सय अक्सिमिटर, ५०० सेट पिपीई लगायत सामाग्री रहेका छन् ।दोस्रो लहरमा अक्सिजन लगायत स्वास्थ्य सामाग्रीको अभाव भएकोले यस पटक पहिलेदेखिनै अक्सिजनसहितका सामाग्रीलाई तयारी हालतमा राख्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको प्लान इन्टरनेसनल नेपालका प्रतिनिधी जनक गिरीले बताउनुभयो । जिल्ला कोभिड व्यवस्थापन समितिलाई प्राप्त भएका सबै सामाग्रीलाई सम्बन्धित स्थानहरुमा पुरयाउने जानकारी समितिका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । सो अवसरमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, क्लबका सह निर्देशक साजिद अली सिद्दिकी लगायतको पनि उपस्थिती रहेको थियो ।

Next Post

डा. मित्र काफ्ले ब्र्याम्प्टन सिटीजन्स अवार्डबाट सम्मानित

२०७८ असार १३, आईतवार १७:३३
बाँके । नेपाली मुलका क्यानेडाली मानव अधिकारकर्मी मित्र काफ्लेले कोभिड- १९ जस्तो महामारीका बेला समुदायलाई सहयोग पुर्‍याउने अनुकरणीय कार्य गरे बापत ब्रम्टन सहरबाट नगरिक अवार्ड पार्प्त गर्नु भएको छ । सो अवार्ड ब्रम्प्टनका वर्तमान मेयर प्याट्रिक ब्राउनले प्रदान गर्नु भएको हो । सो समुदायमा एक सार्वजनिक व्यक्तित्वको रूपमा काम गर्दै […]

सम्बन्धित समाचार