यसपालि औसत भन्दा धेरै वर्षा : अबको केही दिन लगातारजसो पानी पर्ने

  ।   २०७८ श्रावण ३१, आईतवार ०७:४१


काठमाण्डौ । यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपालि मनसुन निरन्तर सक्रिय छ ।

साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछिल्लो तथ्याङ्क छ ।

नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग सय दिन दक्षिण एसियाली मनसुन सक्रिय हुने गर्छ । मनसुन अवधिमा देशभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलीमिटर हो भने काठमाण्डौको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलीमिटर हो ।

मनसुन सकिने समय अझै बाँकी छ । यसैबीच अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएर पानी परिरहेको हो ।

अबको केही दिन लगातारजस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विशेषगरी प्रदेश नम्बर एक, दुई, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। -उज्यालो अनलाइन

Next Post

बालबालिकालाई कोरोना सङ्क्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्छ

२०७८ श्रावण ३१, आईतवार ०७:४१
काठमाडौं । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्य भन्नुहुन्छ,‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । […]