टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त

  ।   २०७८ श्रावण २१, बिहीबार ०८:०५

एजेन्सी । टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ ।

यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स क्लाईम्बीङको पुरुषतर्फको भिडन्त पनि आज हुँदैछ । ओलम्पिकको १३ औं दिन अहिलेसम्म ३२ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ ।

२५ स्वर्ण जितेको अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको २१ स्वर्ण भएको छ । बेलायत र अष्ट्रेलियाले समान १५ – १५ वटा स्वर्ण पदक जितेका छन् । १४ वटा स्वर्ण पदक हात पारेको रुसी ओलम्पिक कमिटि छैटौं स्थानमा छ ।

टोकियो ओलम्पिकमा अहिलेसम्म ६० देशले स्वर्ण पदक जित्दा ८५ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

Next Post

मिस नेपाल सुप्रानेशनल कनौजिया पोल्याण्ड प्रस्थान

२०७८ श्रावण २१, बिहीबार ०८:०५
काठमाडौं । कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल कनौजिया मंगलबार पोल्याण्ड प्रस्थान गरेकी छिन् । कनौजियाले आगामी अगस्ट २१ मा पोल्याण्डको नोवा साक्जमा आयोजना हुने मिस सुप्रानेशनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छिन । उनी सो प्रतियोगितामा […]