बारबर्दिया ६ बाट एक जना पक्राउ

  ।   २०७९ श्रावण ३१, मंगलवार १४:४३

संवाददाता, बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिका ६ बाट एक जनालाई चोरी शिकारमा प्रयोग हुने समान सहित पक्राउ गरिएको छ ।

निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको देविदत्त गण र निकुञ्जको टोलीले अनुगमनका लागी राखिएका स्वचालित क्यामेराको सहयोगमा २९ साउन २०७९ का दिन एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्ति पुरुष हुन । उनको बारेमा अन्य केही विवरण खुलाईएको छैन ।

भे.४ प ६५२९ नम्बर मोटरसाइकल, दुई नाले १२ बोर बन्दुक, ४ सय ग्राम सुकुटी, ७ सय ग्राम काँचो मासु, २१ रोल पटका, छर्रा, जाली लगायतका समान पनि पक्राउ परेका ब्यक्तिको साथमा बरामत भएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

 

Next Post

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

२०७९ श्रावण ३१, मंगलवार १४:४३
j नेपालगञ्ज । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८/०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको […]

सम्बन्धित समाचार