एसी मिलानको सहज जित

  ।   २०७७ आश्विन २, शुक्रबार ०७:१९

एजेन्सी । इटालियन सिरी ए क्लब एसी मिलान युरोपा लिग फुटबलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा शामरक रोभर्समाथी २–० को सहज जित निकालेको हो ।

रोभर्सको घरेलु मैदानमा भएको खेलमा मिलानको जितका लागि ज्लाटन इब्राहिमोभिच र हाकन चल्हानोग्लुले एक एक गोल गरे ।

इब्राहिमोभिचले खेलको २३ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । इब्राहिमोभिचको गोलबाट पहिलो हाफमा १–० गोलको अग्रता लिएको मिलानले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको ६७ औं मिनेटमा चल्हानोग्लुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा मिलानले २–० गोलले सहज जित निकालेको हो । जितसँगै मिलान युरोपा लिगको तेस्रो चरणमा प्रवेश गरेको छ । बाह्रखरी

Next Post

शुक्रबार बाँकेका ६० जना कोरोना संक्रमित डिस्चार्ज

२०७७ आश्विन २, शुक्रबार ०७:१९
बाँके । बाँके जिल्लामा शुक्रबार थप ६० जना कोरोना भाइरस संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किंदै छन् । शुक्रबार संक्रमणमुक्त भइ घर फर्किनेमा १९ जना महिला र ४१ जना पुरुष रहेका छन् । यहाँ बिरामीको निको हुने दर ७७.१० प्रतिशत, विरामी मृत्यु दर ०.५८ र रोगको प्रकोप डर ०.२६ प्रतिशत रहेको […]